logo
  • २०८२ फाल्गुन २९ | Fri, 13 Mar 2026
  • Dark Mode

          Subscribe

    गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियारको नियन्त्रणमा, मानवतस्करीको आशंका

    • econmanduu econmanduu
    • २०८२ जेष्ठ ८, बुधबार १६:२५
    गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियारको नियन्त्रणमा, मानवतस्करीको आशंका

    काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । केहीबेरअघि अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिई टंगालस्थित कार्यालयमा लगेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई मंगलबार बेलुका आकस्मिक रुपमा गृह मन्त्रालयमा सरुवा गरिएको थियो । उनलाई सरुवा गरेर गृहले पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई प्रमुख अध्यागमन अधिकृतका रुपमा पठाउने निर्णय गरेको थियो । स्रोतका अनुसार अख्तियारले केही साताअघिबाटै यस विषयमा अनुसन्धान गरिरहेकोमा विमानस्थल अध्यागमनमा छापा हान्ने सुइँको पाएपछि गृहले हतारमा भट्टराईलाई सरुवा गरेको हो ।

    भिजिट भिसामा जानेबाट सेटिङमा उठाइएको रकम ुमाथिसम्मु पुग्ने गरेको उजुरी परेको छ । तर अख्तियार स्रोतले अनुसन्धानमा रहेको विषय भएकाले थप बोल्न नमिल्ने बतायो ।

    भट्टराईमाथि नेपालबाट भिजिट भिसामा दुबईलगायतका मुलुक जानेबाट रकम असुल्ने गरेको आरोपमा उजुरी परेपछि अनुसन्धानमा तानिएका थिए । त्यसपछि बुधबार उनलाई अख्तियारले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।



    econmanduu econmanduu    
  • २०८२ जेष्ठ ८, बुधबार १६:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP