
खादंबारी सङ्खुवासभा ।। ब्रह्माकुमारीज संस्थाको अन्तर्राष्ट्रिय मुख्य प्रशासिका राजयोगिनी दादी डा. प्रकाशमणि दादीज्यूको १८औं पुण्य तिथि तथा विश्व बन्धुत्व दिवसका अवसरमा नेपाल र भारत भर रहेका हजारौं ब्रह्माकुमारीजका शाखाहरुको आयोजना र विभिन्न संघ संस्थाहरुको सहभागितामा भाद्र ६–९ (२२–२५ अगष्ट) सम्म १०० घण्टामा १००००० पिन्ट रक्त संकल्न गरि अत्यन्त उच्च स्तरको मानविय तथा सामाजिक सेवा गर्ने लक्ष्य राखेको छ ।

नेपालमा पहिलो दिन भाद्र ६ गते ब्रह्माकुमारीज बिराटनगर क्षेत्रीय कार्यालय अन्तर्गत कोशी प्रदेशको विभिन्न जिल्लामा जम्मा १३ क्याम्प लगाई १३०२ पिन्ट रक्त संक्लन गरिएको छ।यसै क्रममा सङ्खुवासभा जिल्लाको खादबारी स्थित जिल्ला समन्वय समितिको सभाहल मा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र खादबारी समाज सेवा प्रभाग द्वारा आयोजित बृहत रक्तदान कार्यक्रममा करिब १०८ पिन्ट रगत संकलन भएकोछ। जसमा ६६ जना पुरुष र ४२जना महिला रहेका थिए। यो वृहत कार्यमा प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी सङ्खुवासभा,जिल्ला अस्पताल सङ्खुवासभा लगायत सम्पूर्ण संघ संस्था टोल विकास एंव महिला समूहहरूलाई ब्रह्मकुमारी राजयोग सेवाकेन्द्र खादंबारी सङ्खुवासभाकी प्रमुख सन्चालिका ब्रह्मकुमारी रचना आचार्यले आभार प्रकट गर्दै सबैलाई धन्यबाद दिनुभएको छ ।

प्रतिक्रिया