logo
  • २०८२ चैत्र १ | Sun, 15 Mar 2026
  • Dark Mode

          Subscribe

    डा. शेखर कोइरालासँग अर्थनीति विषयक प्रत्यक्ष संवाद

    • econmanduu econmanduu
    • २०८२ असार ३, मंगलवार १७:४४
    डा. शेखर कोइरालासँग अर्थनीति विषयक प्रत्यक्ष संवाद

    काठमाडौं, असार २ — उद्यमशील कांग्रेसको आयोजनामा राजधानीको रोयल एम्पायर बुटिक होटलमा ‘देशको अर्थतन्त्र र अगाडि बढ्ने बाटो’ विषयमा विशिष्ट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं योजनाविद् डा. शेखर कोइराला प्रमुख वक्ताको रूपमा सहभागी भई अर्थशास्त्रीहरु संग प्रत्यक्ष संवाद गरेका छन् । उद्यमशील कांग्रेसका अध्यक्ष अस्मिन सिटौलाको अध्यक्षता रहेको उक्त कार्यक्रममा काङ्ग्रेस निकट विज्ञ व्यक्तित्व र अर्थशास्त्रीहरुको उल्लेख्य उपस्थिति रह्यो । देशको वर्तमान राजनैतिक अवस्था र आर्थिक स्थिति बारे चासो राख्दै अर्थशास्त्रीहरु संग गरिएको संवादमा नेता कोइरालाले वर्तमान सरकारले जनतालाई दिने डेलिभरी र काङ्ग्रेसले त्यसमा निभाउनुपर्ने भूमिकाका बारेमा समेत सुझाव मागेका थिए । उनले वर्तमान आर्थिक संकटका चुनौती समाधान गर्न सकिने सवालहरु बारे राखेको चासोमा विज्ञहरुले सुझाव दिएका छन् । जहाँ कोइराला विचार, सुझाव र जिज्ञासाको सेतु बने । जहाँ कार्यक्रमको मूल उद्देश्य डा. कोइरालासँग अर्थनीति, बेरोजगारी, उद्यमशीलता र देशको आर्थिक भविष्यबारे विचार आदान–प्रदान गर्नु थियो। सहभागी युवा, विशेषज्ञ, नीति विश्लेषक, योजना आयोगका पूर्व पदाधिकारी, पत्रकार तथा प्रशासनिक अनुभव बोकेका व्यक्तिहरूले आ–आफ्ना दृष्टिकोण प्रस्तुत गरे। नेता कोइरालाले सहभागीहरूसँग देशको अर्थतन्त्र सुदृढ गर्न युवाको भूमिका कस्तो हुनुपर्छ? , रोजगारी सिर्जना कसरी गर्न सकिन्छ ? नीतिगत सुधारका लागि प्राथमिकता के के हुन सक्छन् , भन्ने कुराहरूको गहन प्रश्न उठाएका थिए ।जहाँ उनले सहभागीहरूको उत्तर गहिराइपूर्वक सुन्दै भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, व्यावसायिक शिक्षा, लगानीमैत्री वातावरण र स्टार्टअप प्रवर्द्धनका मुद्दा उठाएका थिए। कार्यक्रममा विविध पृष्ठभूमिका राष्ट्रियस्तरका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति उल्लेखनीय रह्यो । जहाँ पूर्व योजना आयोगका उपाध्यक्ष, पूर्व सचिव, डीन, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता, सरकारी योजनाविद्, पत्रकार तथा नीति विश्लेषकहरू थिए। जहाँ राष्ट्रिय योजना आयोग पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेल र डा. पुष्पराज कँडेल,नेपाल सरकार पूर्व सचिव डा. विष्णुप्रसाद पौडेल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. चित्रबहादुर अधिकारी, संविधानविद् तथा प्राध्यापक डा. विपिन अधिकारी, वरिष्ठ योजनाविद् तत्जा नेपाली कांग्रेसको नीति तथा योजना विभागका प्रतिनिधि प्रा. डा. नयनराज ढुंगाना, वरिष्ठ नीति विश्लेषक डा. रिम थापा , युवा नेतृत्वकर्ता तथा शैक्षिक अभियन्ता डा. सागर ढकाल , अनुसन्धानकर्ता, पूर्व सचिवालय सदस्य डा. हरिराज पौडेल , नेपाल सरकारका पूर्व योजना विभाग सचिव श्री नवीन पोखरेल, विश्वविद्यालयका डीन तथा अनुसन्धानकर्ता डा. लोकेन्द्र केसी, अर्थशास्त्री डा. वसन्त पौडेल, राष्ट्रिय योजना आयोगका पूर्व योजना निर्देशक डा. कृष्णहरि गौतम, वरिष्ठ अर्थशास्त्री डा. विशाल शर्मा , नीति तथा बजेट विश्लेषक डा. रविन खनाल , पूर्व सचिव तथा वि. नि. रञ्जन खनाल , योजना आयोगका सल्लाहकार डा. गोविन्द राई र प्रशासनिक विशेषज्ञ श्री नवराज सापकोटा लगायतका व्यक्तिहरुको उपस्थिति रह्यो । कार्यक्रमको समापन गर्दै अध्यक्ष अस्मिन सिटौलाले यो संवाद आफूहरुका लागि प्रेरणादायी रहेको बताए । यस्तै उनले भविष्यमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रमले युवा र वरिष्ठ नेताबीचको दूरी घटाउँदै नीति निर्माण प्रक्रियामा युवाको सक्रियता, चेतना र प्रतिबद्धतालाई उजागर गरेको उनको भनाइ छ । कार्यक्रमले अश्मिन सिटौला जस्ता युवाको जोश र डा. शेखर कोइरालाको अनुभवबीचको समन्वयले नेपालको भावी आर्थिक बाटो कता जानुपर्छ भन्ने प्रश्नमा गहिरो बहसको थालनी गरेको देखिन्छ।



    econmanduu econmanduu    
  • २०८२ असार ३, मंगलवार १७:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP