logo
  • २०८२ चैत्र १ | Sun, 15 Mar 2026
  • Dark Mode

          Subscribe

    रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश

    • econmanduu econmanduu
    • २०८२ जेष्ठ १०, शुक्रबार १५:५१
    रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतले थुनामा पठाउने उच्च अदालत बुटवल इजलासको आदेशलाई नै सदर गरेको हो ।शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले सभापति लामिछानेलाई थुनामै पठाउन आदेश दिएको हो । सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुनेछन् ।

    पटक पटक हेर्न नमिल्नेमा परेको लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदनको सुनुवाइ मंगलबारदेखि सुरु भएको थियो भने बुधबार संवैधानिक इजलास बसेका कारण प्रभावित भएको थियो । बिहिबार न्यायाधीशद्वय डा। नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त रिटमाथिको सुनुवाइलाई निरन्तरता दिएका थिए । तर, हिजो पनि समय अभावका कारण रिट निवेदन हेर्दाहेर्दैमा राखिएको थियो ।

    आज शुक्रबार बन्दी प्रत्यक्षीकरणको निवेदनको सुनुवाइ गर्दै सभापति लामिछानेलाई थुनामुक्त नगर्न आदेश दिइएको हो ।



    econmanduu econmanduu    
  • २०८२ जेष्ठ १०, शुक्रबार १५:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP