logo
  • २०८३ कार्तिक ३ | Mon, 19 Oct 2026
  • Dark Mode

          Subscribe

    अबिरल वर्षापछिको पहिरोले बीपी राजमार्ग अवरुद्ध

    • econmanduu econmanduu
    • २०८३ आश्विन ९, शुक्रबार १४:५६
    अबिरल वर्षापछिको पहिरोले बीपी राजमार्ग अवरुद्ध

    काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बीपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ४ः३० बजे बिपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–७ स्थित चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    यसैबिच, जल तथा मौसम विभागको प्रक्षेपणलाई मध्यनजर गर्दै बिहीबारदेखि रातको समयमा बिपी राजमार्ग अन्तर्गत काभे्रपलाञ्चोक सडकखण्डलाई बन्द गराइएको थियाे ।

    जिल्ला प्रशासन कार्यालयले बाढीपहिरोको अवस्था हेरी दिउँसो पनि बन्द गर्नसक्ने जनाएको छ भने हाललाई आइतबारसम्म रातको समयमा सवारी आवागमनमा रोक लगाएको हो ।

    कार्यालयको बैठकको निर्णय अनुसार बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाइने भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

    वर्षा तथा बाढी, पहिरोको अवस्था मूल्याङ्कन गरी दिउँसोसमेत सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालयले आवश्यक निर्णय लिने जनाएको छ ।

    उक्त निर्णय कार्यान्वयनमा सहजीकरण गर्न छिमेकी जिल्ला सिन्धुली र भक्तपुरका प्रहरी युनिटलाई अनुरोध गर्ने निर्णय भएको छ ।

    बैठकले नदी किनार तथा पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई सम्भावित बाढी तथा पहिरोको जोखिमबारे सचेत गराउने, जोखिमसम्बन्धी सूचना निरन्तर प्रवाह गर्ने तथा स्थानीय सञ्चारमाध्यम मार्फत सूचना सम्प्रेषण गर्ने निर्णय गरेको छ । प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै दिनमा यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।



    econmanduu econmanduu    
  • २०८३ आश्विन ९, शुक्रबार १४:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP