logo
  • २०८२ फाल्गुन २९ | Fri, 13 Mar 2026
  • Dark Mode

          Subscribe

    पक्राउ परिने डरले दुर्गा प्रसाई फरार, प्रहरीको खोतलास तीव्र

    • econmanduu econmanduu
    • २०८१ चैत्र १५, शुक्रबार १६:३४
    पक्राउ परिने डरले दुर्गा प्रसाई फरार, प्रहरीको खोतलास तीव्र

    काठमाण्डौ । राजावादी आन्दोलनका कमाण्डर घोषित दुर्गा प्रसाईं प्रहरीको आँखा छलेर एकाएक सम्पर्कविहीन भएका छन् ।

    उनको नेतृत्व शुक्रबार काठमाण्डौको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो । सो क्रममा प्रहरीको गोली लागी एक प्रदर्शनकारी सविन महर्जनको मृत्यु भएको थियो भने तीनकुनेको घरमा भएको आगलागीमा फोटो पत्रकार सुरेश रजक मारिएका थिए । दर्जनौ घाइते भएका छन् । केहीको अवस्था गम्भीर छ

    शुक्रबारको यो अराजक घटना र हिंसाको मुख्य कारक दुर्गा प्रसाई भएको निश्कर्ष निकाल्दै गृहमन्त्रालयले उनलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएलगत्तै प्रहरीको टोली भक्तपुरस्थित उनको निवासमा पुगेको छ । तर, उनलाई घरमा नभेटिएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

    प्रसाईंलाई पक्राउ गर्न उपत्यका प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालन भएको बुझिएको छ ।

    प्रहरी भक्तपुरस्थित प्रसाईको घर पुग्दा उनी त्यहाँ थिएनन् । उनी प्रहरी आउने पूर्वसूचना पाएलगत्तै कतै भागेका हुनसक्ने आशंका गरिएको छ

    प्रहरीले आफ्ना विभिन्न सम्पर्कसूत्रमार्फत प्रसाईंको खोजीलाई तीव्र बनाएको छ ।

    प्रहरी पुग्नुअघि प्रसाईंले फेसबुकमार्फत एक सन्देश अपलोड गरेका थिए । जहाँ उनले आजको प्रदर्शनमा सरकारले एक युवकको हत्या गरेको आरोप लगाएका छन् । उनले आफूलाई पक्राउ गर्न लागिएको सूचना आएको र आफू प्रहरीले जहाँ बोलाउँछ, त्यही जाने भनेका थिए । तर प्रहरी आइनपुग्दै प्रसाईं फरार रहेका बुझिएको छ ।



    econmanduu econmanduu    
  • २०८१ चैत्र १५, शुक्रबार १६:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP