logo
  • २०८३ बैशाख १८ | Fri, 01 May 2026
  • Dark Mode

          Subscribe

    लुभुमा महालक्ष्मी महाभैरब जात्रा २०८३ सम्पन्न

    • econmanduu econmanduu
    • २०८३ बैशाख १८, शुक्रबार ११:४१
    लुभुमा महालक्ष्मी महाभैरब जात्रा २०८३ सम्पन्न

    लुभु,ललितपुर, ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका-८ स्थित लुभुमा यसपालीको महालक्ष्मी महाभैरब जात्रा बुधबार  सम्पन्न भएको छ । इतिहास अनुसार देवमाला वंशावलीलाई आधार मान्दा नेपाल सम्वत ७०६-०७ मा हरिहर सिंह देव को पाला देखी लुभुमा मनाईने महालक्ष्मी महाभैरब जात्रा सुरु भएको पाईन्छ । यो जात्रा वर्षेनी बैशाख  महीना को अक्षय तृतीया सुरु भई आठ दिन सम्म विधिपूर्वक चल्दछ भने देउता दर्शन का निम्ति ९ दिनमा समापन हुने गरेको छ । यस जात्राका मुल थकाली (जेष्ठ विज्ञ) लुभुका स्थानीय बासिन्दा गणेश बहादुर श्रेष्ठ हुन ।

     

    यस जात्रामा दिन सम्म के-के हुन्छ त?

    नेवा संस्कृति समिति महालक्ष्मीका अध्यक्ष इंजीनियर राम बहादुर श्रेष्ठ का अनुसार यो जात्रामा ८ दिन सम्म हुने विधिहरु निम्न छन:

    पहिलो दिन: लुभु को लाछी क्षेत्र इतिहास अनुसार गंगामहारानी को क्षेत्र हो र त्यहा महालक्ष्मी भगवती मंदिरमा देवताहरूका ६ प्रतिमा हरू (महालक्ष्मी,महाभैरब,गणेश २,कुमार र कुमारी)प्रतिस्थापित हुन्छन र त्यो प्रतिस्थापना गंगामहारानी को दरबार क्षेत्रमा पर्ने भएकोले गंगामहारानी को प्रतिनिधि को रूपमा महालक्ष्मी गुठीद्वारा तोकिएको एक भंसारी हुन्छन र ती भंसारीको आदेशमा देवता का ६ प्रतिमा उठाउन र देवताका  गरगहना बोक्न ७ जना थकाली (जेष्ठ विज्ञ) को व्यवस्था हुन्छ  । महालक्ष्मी भगवती र महाभैरब को जात्रा को लागी अलग दुइ वटा खट (रथ) तयार हुन्छ र त्यसमा देवता को प्रतिस्थापनको लागी भंसारीको आदेशमा मुल थकाली ले महालक्ष्मी भगवतीको प्रतिमा सेतो चम्मर  ले हम्काउदै पहिलो खटमा राख्छन  र अन्य थकालीहरूले त्यही रथमा गणेश र कुमारको प्रतिमा  राख्छन । दोश्रो  खट (रथ) मा महाभैरब लाई कालो चम्मर ले हम्काउदै ल्याइन्छ र  महाभैरव संग गणेश र कुमारीको पनी प्रतिमा स्थापित गरिन्छ  र सम्पूर्ण जनता द्वारा दुबै खट(रथ)मा भएका महालक्ष्मी महाभैरब को प्रतिमा सहित को पूजा पश्चात जात्रा को शुभारंभ हुन्छ ।

    दोश्रो दिन: दुई वटा नै खट (रथ) मा देवताहरू लाई पूजा गर्न रथलाई सारिन्छ  र त्यस दिनको अन्तिम पूजा लाछी बाट पीगनको द्वारमा पुगे  पछी सकिन्छ ,यसलाई स्वा को काब्रो पूजा भनिन्छ  र यो पूजा भैसकेपछी त्यहाको टीका प्रसाद लीन नपाइने चलन छ । यस दिन विशेष महालक्ष्मी महाभैरब को श्रृंगार पटार गरिन्छ   अनी जात्राको शुरुवात हुन्छ । जात्राको शुरुवात संगै दुबै  रथ पीगन को द्वार बाट महालक्ष्मी मंदिर देविस्थान सम्म लगिन्छ  किनभने इतिहास अनुसार देविस्थान महालक्ष्मी भगवती को माईती घर र महाभैरब को ससुराली घर भएको विश्वास गरिन्छ  र दुबै  रथ का देवतालाई देवीस्थान महालक्ष्मी मंदिरका देवता संग खप्टयाएर  राखिंछ ,पूजा गरिन्छ  र पुन रथमा महालक्ष्मी महाभैरब सहितका देवतालाई राखेर रथ लुभु बसपार्क स्थित गोब्राटेश्वर महादेव मंदिर प्रांगणमा लगिन्छ र त्यहा स्थापित दुइ मंडपमा महालक्ष्मी र महाभैरब को रथ (खट) लगेर बिसाइञ्छ  अनी गाबया गरिन्छ  (जून मछीन्द्रनाथ को जात्रा विधि संग मेल खानछ) र त्यहाबाट आकाश भैरवको उत्पति हुन्छ  भन्ने विश्वास गरिन्छ र त्यहा गोब्राटेश्वर मंदिर प्रांगण भएको आकाश भैरव को मंदिरको अगाड़ी कागजको आकाश भैरवको प्रतिमा राखिन्छ  र राती बेदाग कालो बोकाको बलि दिने प्रचलन छ  र कागजको आकाश भैरव को अर्को छुट्टै खट(रथ) बनाई आकाश भैरवलाई कालो बोकाको सेतो आंद्राको माला लगाइन्छ र  आकाश भैरव को रथ अघि बनाएर महालक्ष्मी महाभैरब को रथ पछी हिड़ाई सबै  रथ लुभु बस पार्क लगेर राखेर दोश्रो दिन समाप्त हुन्छ ।

     

    तेश्रो दिन: आकाश भैरव बाहेक का महालक्ष्मी महाभैरब का दुइ खट (रथ) का देवताहरू लाई विभिन्न स्थानमा सार्दै  पूजा गरिन्छ  र राति जात्रा गरिन्छ  ।

    चौथो दिन: टोल टोलमा महालक्ष्मी महाभैरब सहित देवताहरू को दुई वटा नै खट सार्ने  ,पूजा गर्ने  र राति जात्रा गर्ने  ।

    पाचौ दिन: टोल टोलमा महालक्ष्मी महाभैरब सहित देवताहरू को दुई वटा नै खट सार्ने  ,पूजा गर्ने  र राति जात्रा गर्ने  ।

    छैठौ दिन: “सरकारी पूजाको दिन “ अष्टमी तिथि मा पर्दछ,यस दिन सरकारी प्रतिनिधि भंसारीले पूजा गर्छन  र रातमा जात्रा हुन्छ  ।

    सातौ दिन: टोल टोलमा महालक्ष्मी महाभैरब सहित देवताहरू को दुई वटा नै खट सार्ने  ,पूजा गर्ने  र राति जात्रा गर्ने  ।

    आठौ दिन: लुभु लाछी स्थित गंगामहारानी को दरबार को अगाड़ी महालक्ष्मी महाभैरब को रथलाई गंगामहारानी तर्फ़ फ़र्काएर राखिन्छ  भने आकाश भैरवको रथलाई महालक्ष्मी महाभैरबको रथ तर्फ़ फ़र्काएर राखिन्छ   र आकाश भैरव सहित सम्पूर्ण देवता लाई गंगामहारानी को तर्फ़बाट पूजा गरिन्छ  र आकाश भैरवलाई विदा गरी प्रतिमालाई सेलाउन लगिन्छ  । त्यही समयमा स्वा को काब्रो पूजा महालक्ष्मी महाभैरब को खट (रथ) मा गरिन्छ  र त्यही दिन राती १ बजे बाट रथ (खट) लिएर जात्रा गरिन्छ  र भोली पल्ट दिनभरी जात्रा गरी बेलुका ९,१० बजे महालक्ष्मी मंदिर लाछी मा सम्पूर्ण देवताहरूको प्रतिमा थन्काइ  जात्रा समाप्त हुन्छ ।

     

    (लेखक लुभु दंसी निवासी युवा अर्थशास्त्री  जनता टेलीभीजनका निवर्तमान सीईओ रमेश आचार्य हुन,उनी २०८२ को प्रतिनिधि सभाको चुनाबमा ललितपुर क्षेत्र को लागी हसिया (इचा) चिह्न लिएर लुभू बाट उठने एक्लो उम्मेदवार थिए)



    econmanduu econmanduu    
  • २०८३ बैशाख १८, शुक्रबार ११:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP