logo
  • २०८३ आश्विन २३ | Fri, 09 Oct 2026
  • Dark Mode

          Subscribe

    २६००को विन्दुमा ओर्लियो नेप्से

    • econmanduu econmanduu
    • २०८३ आश्विन १४, बुधबार १६:१०
    २६००को विन्दुमा ओर्लियो नेप्से

    काठमाडौं – साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार राताम्मे भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ बिन्दुमा झरेको छ ।

    १३ मध्ये २ उपसमूहको परिसूचक मात्र बढेको छ । आज निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक १.८७ प्रतिशत घटेको छ।

    नेप्सेसँगै मंगलबार कारोबार रकम पनि घटेको छ। सोमबार रू ५ अर्ब ३८ करोड बराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३६३ स्टकको ५१ हजार २७४ पटकको कारोबारमा ४ अर्ब ६५ करोड ४८ लाख ७८ हजार बराबरको १ करोड १० लाख ६९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

    आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरी कम्पनीको रु २२ करोड ९९ लाख  बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको १७ करोड र सिद्धार्थ बैंकको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ।

    आज १२ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३ का लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । सिटिजन्स सुपर ३० म्युचुअल फण्डका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।



    econmanduu econmanduu    
  • २०८३ आश्विन १४, बुधबार १६:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP