logo
  • २०८३ कार्तिक ३ | Mon, 19 Oct 2026
  • Dark Mode

          Subscribe

    युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने भारतीय नागरिक पक्राउ

    • econmanduu econmanduu
    • २०८३ आश्विन १३, मंगलवार १५:४१
    युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने भारतीय नागरिक पक्राउ

    काठमाडौं –  प्रहरीले युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

    पक्राउन पर्नेमा भारत, किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भई हाल झापाको बिर्तामोड नगरपालिका–५, इलाम स्टेनस्थित अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलीप चन्द्र राय छन् ।

    मादक पदार्थ सेवन गरी पेट्रोलसमेत बोकेर रायले सोमबार राति  १०:३० बजे इलामको रोङ गाउँपालिका–३ घर भई बिर्तामोड नगरपालिका–५ मा डेराकोठा गरी बस्दै आएकी २२ वर्षीया कविता (नाम परिवर्तन) कोठामा प्रवेश गरी तन्ना च्याती उनको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेका थिए ।

    सो घटनाबारे खबर प्राप्त हुनासाथ घटनास्थल पुगेर प्रहरी टोलीले रायलाई नियन्त्रणमा लिएको थियो ।

    घटनामा घाइते युवतीको हाल मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    econmanduu econmanduu    
  • २०८३ आश्विन १३, मंगलवार १५:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP