logo
  • २०८३ आश्विन २५ | Sun, 11 Oct 2026
  • Dark Mode

          Subscribe

    अर्थसहित २ समितिको बैठक बस्दै

    • econmanduu econmanduu
    • २०८३ आश्विन १३, मंगलवार १५:२४
    अर्थसहित २ समितिको बैठक बस्दै

    काठमाडौं – संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बसेको थियो ।

    आज अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

    अर्थ समितिको बैठक बिहान साढे ९ बजे सिंहदरबारमा बस्नेछ ।

    बैठकमा लगानी बोर्डको कार्यालयबाट सम्पादित हालसम्मका कामकारबाही एवं नेपालमा लगानी परिचालनको अवस्था, समस्या एवं चुनौतीका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

    बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई आमन्त्रण गरिएको छ ।

    यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्नेछ ।

    बैठकमा समितिको सातौँ वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गर्ने तयारी छ ।



    econmanduu econmanduu    
  • २०८३ आश्विन १३, मंगलवार १५:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP