
काठमाडौ – रसुवाको भोटेकोशी बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागका अनुसार विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएका हुन् ।
बेपत्ता भएका विदेशी पर्यटकमध्ये २६९ पुरुष, ३२९ महिला र नौ लिंग नखुलेका नागरिक छन् । बेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा बढी भारतीय रहेको विभागले जनाएको छ । विभागका अनुसार भारतका १८९ नागरिक बेपत्ता भएका छन् । भारत नेपालको विपतमा सबैभन्दा बढी भौतिक सहयोग गर्ने देश हो ।
बाढीमा अष्ट्रेलियाका ३३, बेलारुसका २, क्यानडाका ३०, फिनल्याण्डका १, फ्रान्स ४, जर्मनी ८ , हंगेरी १, आइरिल २, इजरायल २, लिथ्वानियाका १, मलेसियाका ५५, नेदरल्याण्डका २ जना बेपत्ता भएका छन् ।
यस्तै, न्यूजरल्याण्डका ५, पोर्चुगलका २, रसियाका ६, सिंगापुरका ९, साउथ अफ्रिकाका ६, स्पेनका २, युक्रेनका ५४, बेलायतका ३२, अमेरिकाका ६५, जापानका ५, फिलिपिन्सका १, काजकिस्तानका ३, बेल्जियमका २, स्वीडेनका १ जना बेपत्ता छन्।
लाटभियाका ३३, स्वीजरल्याण्डका १, इटालीका २, चीनका ३७, भियतनाम १, इस्टोनियाका २ र कोरियाका ९ पर्यटक हराएका छन् ।
बाढीमा परेर नेपालका १८८ पर्यटक पनि बेपत्ता भएका हुन् । विभागका अनुसार बेपत्ता हुनेमा १६१ पुरुष र २७ महिला छन् । बेपत्ता हुनेमा विदेशी पर्यटकको सहयोगीका रुपमा गएका र कैलाश मानसरोवर तथा गोसाइँकुण्ड घुम्न गएका नेपाली रहेको विभागका सूचना अधिकारी सुरज घिमिरेले जानकारी दिए ।
हालसम्म ३१० विदेशी पर्यटकको सफल उद्धार गरिएको विभागले जनाएको छ । उद्धार भएकामध्ये २५८ पुरुष र ५२ महिला छन् ।
| लिङ्ग | संख्या |
|---|---|
| पुरुष | २६९ |
| महिला | ३२९ |
| लिङ्ग नखुलेका | ९ |
| जम्मा | ६०७ |
प्रतिक्रिया