logo
  • २०८३ भाद्र ३० | Tue, 15 Sep 2026
  • Dark Mode

          Subscribe

    प्रतिनिधिसभाकाे बैठक बस्दै, यस्ताे छ कार्यसूची

    • econmanduu econmanduu
    • २०८३ भाद्र ३०, मंगलवार १०:४२
    प्रतिनिधिसभाकाे बैठक बस्दै, यस्ताे छ  कार्यसूची

    काठमाडौं – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बसेको छ ।

    आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने  कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणा सहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    यसैगरी आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको छ ।



    econmanduu econmanduu    
  • २०८३ भाद्र ३०, मंगलवार १०:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP