logo
  • २०८३ भाद्र २६ | Fri, 11 Sep 2026
  • Dark Mode

          Subscribe

    सुदूरपश्चिममा थप ३ दिन वर्षाको सम्भावना

    • econmanduu econmanduu
    • २०८३ भाद्र २२, सोमबार १५:३५
    सुदूरपश्चिममा थप ३ दिन वर्षाको सम्भावना

    धनगढी –  कैलाली लगायत सुदूरपश्चिमका विभिन्न भूभागमा आगामी ३ दिनसम्म वर्षा कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ।

    कार्यालय प्रमुख इन्जिनियर सञ्जय कुमार साहका अनुसार मौसम पूर्वानुमानअनुसार आजदेखि २४ गतेसम्म हिमाली, पहाडी र तराईका अधिकांश भूभागमा मौसम साधारणतया बदली रहनेछ। यस अवधिमा विभिन्न स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ।

    विशेष गरी आज पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। ‘आज दिउँसो र राति पहाडी तथा तराईका १-२ स्थानमा भारी वर्षा हुनसक्ने अनुमान छ,’ कार्यालय प्रमुख साहले भने।

    यस्तै, मङ्गलबार वर्षाको दायरा केही घटे पनि मौसम पूर्ण रूपमा नखुल्ने र हिमाली, पहाडी तथा तराईका केही स्थानहरू मा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान कार्यालयले जनाएको छ।



    econmanduu econmanduu    
  • २०८३ भाद्र २२, सोमबार १५:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP