logo
  • २०८३ भाद्र १० | Wed, 26 Aug 2026
  • Dark Mode

          Subscribe

    मुद्दा हारेपछि सर्वोच्चबाटै हामफालेर आत्महत्या गर्ने अधिवक्ता राईको प्रयास

    • econmanduu econmanduu
    • २०८३ भाद्र ९, मंगलवार १५:३४
    मुद्दा हारेपछि सर्वोच्चबाटै हामफालेर आत्महत्या गर्ने अधिवक्ता राईको प्रयास

    काठमाडौं- ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एकजना अधिवक्ताले सर्वोच्च अदालत परिसरबाट हामफालेर आत्महत्या गर्ने प्रयास गरेका छन्।

    अधिवक्ता लालबहादुर राईले मुद्दामा आफूविरुद्ध फैसला आएपछि सुसाइड नोट लेखेर सर्वोच्च अदालतको भवनबाट हामफाल्ने प्रयास गरेका हुन् । उनले हामफाल्न खोजेपछि सुरक्षाकर्मीले मंगलबार दिउँसो सकुशल उद्धार गरेका छन्।

    सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले एक व्यक्तिले भवनबाट हामफाल्ने प्रयास गरेको बताए । ‘एकजनाले हामफाल्ने प्रयास गरेपछि सुरक्षाकर्मीले उद्धार गरेको जानकारी पाएँ’ उनले भने।

    सर्वोच्च अदालत सुरक्षा प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमल्सिनाले हामफाल्ने प्रयास गरेका व्यक्तिको सकुशल उद्धार गरिएको बताएका छन्।



    econmanduu econmanduu    
  • २०८३ भाद्र ९, मंगलवार १५:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP