logo
  • २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    नेप्सेमा झिनो अङ्कको सुधार,बढ्यो कारोबारको रकम

    • econmanduu econmanduu
    • २०८३ श्रावण २६, मंगलवार १२:५४
    नेप्सेमा झिनो अङ्कको सुधार,बढ्यो कारोबारको रकम

    काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढ्दै सकारात्मक बनेको छ। लगातार तीन कारोबार दिनको गिरावटपछि मंगलबार बजारले झिनो सुधार देखाएको हो। यस दिन नेप्से ०.७९ अंक बढेर २६४१.८५ विन्दुमा पुगेको छ।

    सूचकसँगै बजार कारोबार पनि केही बढेको छ। मंगलबार ३४० स्टकको ५२ हजार ७३ पटकको कारोबारमा ४ अर्ब ११ करोड ९ लाख रुपैयाँभन्दा बढीको ९५ लाख ३४ हजार कित्ता शेयर किनबेच भएको छ। अघिल्लो दिन कारोबार रकम ३ अर्ब ६७ करोड रुपैयाँमा सीमित थियो।

     

    मंगलबार अपर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किटमा पुगेको छ। यसको मूल्य ५६ रुपैयाँ ९० पैसा बढेर ४३६ रुपैयाँ ६० पैसा कायम भएको छ। यता महिला लघुवित्तको शेयरमूल्य सर्वाधिक १४.९१ प्रतिशत घटेको छ।

    कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर अगाडि रहेको छ। कम्पनीको करिब ४४ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार हुँदा रिडी पावरको साढे ३३ करोड र ङादी ग्रुप पावरको करिब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

     

    १३ उपसमूहमध्ये ६ वटा बढ्दा ७ वटा घटेका छन्। बैंकिङ, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा र अन्य समूहमा सामान्य सुधार देखिएको छ।



    econmanduu econmanduu    
  • २०८३ श्रावण २६, मंगलवार १२:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP