logo
  • २०८२ फाल्गुन २९ | Fri, 13 Mar 2026
  • Dark Mode

          Subscribe

    अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै बलेफी हाइड्रोपावर

    • econmandu econmandu
    • २०८१ फाल्गुन ४, आईतवार ०५:५१
    अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै बलेफी हाइड्रोपावर

    काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले निष्काशन तथा बिक्री गरेको हकप्रद शेयरमध्ये आवेदन नपरेको हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो ।

    कम्पनीले संस्थापक र सर्वसाधारण तर्फ गरी कुल १७ लाख ९८ हजार ६५६ कित्ता शेयर लिलाम बिक्रीमा राखेको जनाएको छ । जसमध्ये संस्थापक तर्फ चैत २९ गतेसम्म लकइनमा रहेको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण तर्फ चैत २९ गतेसम्म लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारण तर्फ लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता रहेको छ ।

    उक्त शेयर जो कोहि व्यक्ति, संघ, संस्था र कम्पनीले खरिद गर्न सक्ने कम्पनीले जनाएको । खरिद गर्न इच्छुकले फागुन ५ गतेदेखि १९ गतेभित्र आवेदन दिनु पर्नेछ । एनआईएसबी एस क्यापिटलको प्रधान कार्यालय, लाजिमपाट, शाखा कार्यलय पोखरा, बुटवल, बिरगंज र बिराटनगरमा आवेदन दिन सकिने छ ।

    शेयरको न्यूनतम् मूल्य १०० रुपैयाँ रहेको छ । खरिद गर्न आवेदन पेश गर्दा खरिद गर्ने कित्ता र खरिद गर्न चाहेको दररेट खुलाउनु पर्नेछ ।



    econmandu econmandu    
  • २०८१ फाल्गुन ४, आईतवार ०५:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP