logo
  • २०८२ चैत्र १ | Sun, 15 Mar 2026
  • Dark Mode

          Subscribe

    नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा डा. विश्व पौडेल नियुक्त

    • econmanduu econmanduu
    • २०८२ जेष्ठ ७, मंगलवार १६:५२
    नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा डा. विश्व पौडेल नियुक्त

    काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरका रुपमा डा. विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

     

    उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । मंगलबार बसेको सिफारिस समितिको बैठकले विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।



    econmanduu econmanduu    
  • २०८२ जेष्ठ ७, मंगलवार १६:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP