logo
  • २०८३ आश्विन २५ | Sun, 11 Oct 2026
  • Dark Mode

          Subscribe

    चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन

    • econmanduu econmanduu
    • २०८३ भाद्र २१, आईतवार १५:४३
    चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन

    चितवन – रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनार बाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन, ‘डिएनए’ नमूना सङ्कलन र पहिचान गर्ने काम भइरहेको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा ३६२ शव फेला परेका छन् । तीमध्ये ३३३ शवको व्यवस्थापन गरिसकिएको छ भने १४ वटा शवको पहिचान भएपछि आफन्तको जिम्मा लगाइएको छ ।

    शवहरू को वैज्ञानिक पहिचानका लागि यही भदौ १६ गतेदेखि डिएनए नमूना सङ्कलन सुरु गरिएको थियो । यादवका अनुसार भदौ २० गतेसम्म हराइरहेका व्यक्तिका आफन्त ६८ जनाको डिएनए नमूना सङ्कलन गरिएको छ ।

    उनका अनुसार भदौ १६ गते ७ पुरुषको नमूना सङ्कलन गरिएको थियो । भदौ १७ गते २६ जनाको नमूना सङ्कलन गरिएकोमा २ महिला, २२ पुरुष र २ पुरुष भारतीय नागरिक रहेका छन् । भदौ १८ गते २२ जनाको नमूना सङ्कलन गरिएकामा ४ महिला, १४ पुरुष, १ बालक र ३ भारतीय पुरुष नागरिक छन् ।

    यस्तै, भदौ १९ गते ७ जनाको नमूना सङ्कलन गरिएकामा १ महिला, ४ पुरुष, १ बालक र १ भारतीय पुरुष रहेका छन् । भदौ २० गते ६ जनाको नमूना सङ्कलन गरिएकामा २ महिला,१ पुरुष र ३ बालक रहेका छन् ।
    डिएसपी यादवका अनुसार हाल पनि खोजी, शवहरूको पहिचानका लागि आफन्तको डिएनए परीक्षण, हराइरहेका व्यक्तिको विवरण सङ्कलन र अन्य समन्वयात्मक प्रक्रिया निरन्तर छ ।

     

    मिति महिला पुरुष बालक भारतीय पुरुष नागरिक जम्मा
    भदौ १६ गते – ७ – – ७
    भदौ १७ गते २ २२ – २ २६
    भदौ १८ गते ४ १४ १ ३ २२
    भदौ १९ गते १ ४ १ १ ७
    भदौ २० गते २ १ ३ – ६
    जम्मा ९ ४८ ५ ६ ६८



    econmanduu econmanduu    
  • २०८३ भाद्र २१, आईतवार १५:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP