logo
  • २०८३ कार्तिक ३ | Mon, 19 Oct 2026
  • Dark Mode

          Subscribe

    बागलुङ पहिरोमा परी ज्यान गुमाउनेको संख्या १२ पुग्यो

    • econmanduu econmanduu
    • २०८३ आश्विन १३, मंगलवार १५:१६
    बागलुङ पहिरोमा परी ज्यान गुमाउनेको संख्या १२ पुग्यो

    बागलुङ – बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

    पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने १ जना अझै बेपत्ता छन् ।

    ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको मृत्यु भएको प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईंले जानकारी दिए ।

    पहिरोमा परी पुनका श्रीमती,२ छोरा र बुहारी सामान्य घाइते भएका उनले बताए ।

    जिल्लामा अविरल वर्षापछि आएको विपद्‌मा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ भने विपद्‌मा परी एकजना बेपत्ता छन् ।

    शनिबार ताराखोलामै एकजनाको मृत्यु भएको थियो । थियो भने आइतबार बागलुङको तमानखोला गाउँपालिकामा चारजनाको मृत्यु, १ बेपत्ता र निसीखोला गाउँपालिकामा ५ जनाको मृत्यु भएको थियो ।



    econmanduu econmanduu    
  • २०८३ आश्विन १३, मंगलवार १५:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP