logo
  • २०८२ माघ ३ | Fri, 16 Jan 2026
  • Dark Mode

          Subscribe

    तरलता व्यवस्थापनका लागि आज थप ४० अर्ब बजारबाट उठाउँदै राष्ट्र बैंक

    • econmandu econmandu
    • २०८१ फाल्गुन ४, आईतवार ०६:०५
    तरलता व्यवस्थापनका लागि आज थप ४० अर्ब बजारबाट उठाउँदै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज थप ४० अर्ब रुपैयाँ बजारबाट निक्षेप उठाउँदै छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता उठाउने भएको हो । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आइतबार ४० अर्ब बराबर तरलता उठाउने भएको छ ।

    राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष सुरुवातबाट नै केन्द्रीय बैंकले निरन्तर तरलता खिच्दै आएको छ ।

    निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज फागुन २५ गते  भुक्तानी हुनेछ ।



    econmandu econmandu    
  • २०८१ फाल्गुन ४, आईतवार ०६:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP