logo
  • २०८३ भाद्र २७ | Sat, 12 Sep 2026
  • Dark Mode

          Subscribe

    काभ्रेको खानीखोलामा जिप दुर्घटना, २ जनाको मृत्यु

    • econmanduu econmanduu
    • २०८३ भाद्र १, सोमबार १२:५६
    काभ्रेको खानीखोलामा जिप दुर्घटना, २ जनाको मृत्यु

    काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ३ जना गम्भीर घाइते भएका छन् ।

    पनौती–तालढुंगा भित्री सडकखण्ड अन्तर्गत स्याउलीथलीमा सोमबार नम्बर नखुलेको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।

    जिपमा सवार खानीखोला-४ का ताराबहादुर माझीले भने हाम फालेर ज्यान बचाएका छन् । उनी सामान्य घाइते छन् ।

    मृत्यु हुनेमा माझीका बुबा कलबबहादुर माझी र खानीखोला–२ की पातलीमाया मोक्तान रहेका छन् ।

    खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार गम्भीर घाइतेको उद्धारका लागि हेलिकप्टर झिकाउन समन्वय भइरहेको छ ।

    उद्धारका लागि फलामेटार, तालढुंगा र ढुंखर्कबाट प्रहरी टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टले जानकारी दिए ।

    जिप ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने र घटनाको थप विवरण आउन बाँकी रहेको छ ।



    econmanduu econmanduu    
  • २०८३ भाद्र १, सोमबार १२:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP