logo
  • २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    ऋण असुलीबाट गोरखा, पशुपति र कान्तिपुर सहकारीका १४८ जना बचतकर्ताले पाए पैसा फिर्ता

    • econmanduu econmanduu
    • २०८३ श्रावण २३, शनिबार ०७:०३
    ऋण असुलीबाट गोरखा, पशुपति र कान्तिपुर सहकारीका १४८ जना बचतकर्ताले पाए पैसा फिर्ता

    काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ३ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार गोरखा, पशुपति र कान्तिपुर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरिएको हो ।

    सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।

     

    समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।

     



    econmanduu econmanduu    
  • २०८३ श्रावण २३, शनिबार ०७:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP