logo
  • २०८२ चैत्र १ | Sun, 15 Mar 2026
  • Dark Mode

          Subscribe

    संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

    • econmanduu econmanduu
    • २०८२ असार ३, मंगलवार १७:५४
    संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

    काठमाडौं । प्रभु बैक लिमिटेड र छिमेक लधुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री खुल्ला गरेको छ ।

    प्रभु बैक लिमिटेडको ९,८८२ कित्ता सेयर र छिमेक लधुवित्त वित्तिय संस्थाको २,४४,४८० कित्ता सेयरबिक्रीका लागी आजबाट सिलबन्दी बोलपत्र खुला गरेको हो ।

    कम्पनीले बोलकबोल माध्यम बाट प्रभु बैक लिमिटेडको शेयरको न्यूनतम मूल्य प्रति कित्ता रु १०० र छिमेक लधुवित्त वित्तिय संस्थाको लागि शेयरको न्यूनतम मूल्य प्रति कित्ता रु ३९० तोकेको छ । सेयर खरिदका लागि बोलकबोल गर्दा प्रभु बैक लिमिटेडको न्यूनतम १,००० कित्ताको लागि र छिमेक लधुवित्त वित्तिय संस्थाको लागि न्यूनतम ५०,००० कित्ताको लागि आवेदन दिनुपर्ने छ ।

    आवेदन आगामी असार १० गते भित्र बिक्री प्रबन्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेश गर्न सकिने छ । सेयर खरिद गर्न इच्छुक बोलपत्रदाताले अथवा संघरसंस्था ,कम्पनी भएमा दर्ता प्रमाणपत्र , कर चुक्ता प्रमाणपत्र, शेयर खरिद गर्ने सम्बन्धमा सो संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि र विगत २ आर्थिक वर्षदेखि संस्था मुनाफामा रहेको प्रमाणित गर्ने कागजात समेत आवेदन फारमका साथ संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।



    econmanduu econmanduu    
  • २०८२ असार ३, मंगलवार १७:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP