काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/ ८१ मा प्रमुख कार्यकारी अधिकृ (सिईओ) लाई तलव, भत्ता र सुविधासहित १ करोड ४४ लाख ५० हजार ५९३ रुपैयाँ भुक्तानी गरेको छ ।
कम्पनीको सिईओमा नारायण बाबु लोहनी रहेका छन् । कम्पनीले सिईओ लोहनीलाई निश्चत बार्षिक तलव तथा भत्ता ८४ लाख ६७ हजार २५६ रुपैयाँ, संचयकोष तथा विदा वापत ९ लाख ८२ हजार ८५० रुपैयाँ, दशैं भत्ता ७ लाख ८ हजार ६२४ रुपैयाँ, कार्य सम्पादनमा आधारित पारिश्रमिक अन्तरगत कर्मचारी बोनस १९ लाख ८ हजार २९९ रुपैयाँ र मोट सुविधा ४१ लाख १ हजार ५६४ रुपैयाँ भुक्तानी गरेको छ /
प्रतिक्रिया