logo
  • २०८२ चैत्र १ | Sun, 15 Mar 2026
  • Dark Mode

          Subscribe

    बीमा प्राधिकरण अध्यक्ष ओझाको नियुक्ति विरुद्धको रिटमा अग्राधिकार दिन सर्वोच्चको आदेश

    • econmanduu econmanduu
    • २०८२ जेष्ठ २२, बुधबार १५:४२
    बीमा प्राधिकरण अध्यक्ष ओझाको नियुक्ति विरुद्धको रिटमा अग्राधिकार दिन सर्वोच्चको आदेश

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ति विरुद्ध परेको रिटमा अग्राधिकार दिन सर्वोच्च अदालतले आदेश दिएको छ ।

     

    न्यायाधीशद्वय अब्दुल आजीज मुसलमान र बालकृष्ण ढकाललको संयुक्त इजलासले ओझाको नियुक्ति विरुद्ध परेको रिटको सन्दर्भमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा भएको छलफलपछि यस्तो आदेश जारी गरेको हो । आदेश अनुसार, अब सर्वोच्च प्रशासनले सो निवेदनलाई अग्राधिकार प्रदान गरी सुनुवाइका लागि पेशीमा चढाउनु पर्ने छ ।

     

    आदेशमा भनिएको छ – प्रस्तुत निवेदनमा चाँडो निर्णय गर्नुपर्ने अवस्था समेत देखिँदा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ बमोजिम अग्राधिकार प्रदान गरी नियमानुसार पेस गर्नु ।

     

    यस अघि नेपाल सरकार मन्त्रिपरिषद्को वैठकले ओझालाई बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । सो निर्णय विरुद्ध अधिवक्ता इन्दीरा धमलाले नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन् ।

     

    ओझाले नियुक्ति हुँदाका बखत पेस गरेका कागजपत्रहरु नक्कली रहेको दावी सहित ओझाको नियुक्ति बदरको माग निवेदनमा गरिएको छ ।



    econmanduu econmanduu    
  • २०८२ जेष्ठ २२, बुधबार १५:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP