काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको नियुक्ती बदर गर्नुपर्ने माग राख्दै सर्वोच्चमा रिट दायर भएको छ । योग्यता नपुगेको व्यक्तिलाई गभर्नर नियुक्त गरेको भन्दै शुक्रबार सर्वोच्च अदालतमामा रिट परेको हो ।
अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको विरुद्धमा राजनीतिक स्वार्थको व्यक्तिलाई गैरकानुनी रुपमा नियुक्त गरिएको दाबी सहित रिट पेस गरेका हुन् ।
उक्त रिट निवेदन दर्ताको प्रक्रियाका लागि छलफलमा छ । पौडेल गत बुधबार मात्र गभर्नरमा नियुक्त भएका हुन् ।
प्रतिक्रिया