
काठमाण्डौ । काठमाण्डौको तीनकुनेमा अवस्थित निजी घरमा भएको आगलागीमा परी फसेका भनेर आशंका गरिएका व्यक्तिको शव भेटिएको छ । पत्रकारहरुले त्यहाँ आफ्नो साथी फसेको बताए पनि उद्धारमा ध्यान नदिई कोही नभेटिएको जानकारी दिएको थियो ।
तर केहीबेरअघि सो भवनमा जलेर एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकको मृत्यु भएको खुलेको हो । उनको डढेको अवस्थाको शव भवनभित्र फेला परेको छ । तीनकुनेमा राजावादीहरुको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा त्यहीको एउटा निजी घरमा आगलागी भएको थियो । आगलागी हुनुभन्दा केहीबेरअघि मात्र सो भवनमा चढेर दृश्य कैद गर्न गएका रजक एकाएक सम्पर्कविहीन भएका थिए । तीनकुनेस्थित घटनास्थलमा एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार भर्खरै पुगेका छन् ।
प्रतिक्रिया