logo
  • २०८२ चैत्र १ | Sun, 15 Mar 2026
  • Dark Mode

          Subscribe

    सिटिजन्स लाइफको सिईओ पोषण राज पौडेलको तलब/भत्ता बढ्यो, प्रोत्साहन सुविधा कटौती !

    • econmanduu econmanduu
    • २०८१ चैत्र १४, बिहीबार १७:०२
    सिटिजन्स लाइफको सिईओ पोषण राज पौडेलको तलब/भत्ता बढ्यो, प्रोत्साहन सुविधा कटौती !

    काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) को तलब भत्ता बढाएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० भन्दा आर्थिक वर्ष २०८०/८१ मा २ लाख ८ हजार ८१७ रुपैयाँ तलब भत्ता बढाएको हो । कम्पनीले आर्थिक वर्ष २०७९ ८० मा सिईओलाई तलब भत्ता ८२ लाख ६७ हजार ७८३ रुपैयाँ भुक्तानी गरेको थियो भने यस आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ८४ लाख ७६ हजार ६ सय रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । कम्पनीले यस आर्थिक वर्षमा सिईओलाई दिएको प्रोत्साहन सुविधा (इन्सेन्टिभ) भने कटौती गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा इन्सेन्टिभ मात्रै सिईओलाई २१ लाख ४५ हजार रुपैयाँ भुक्तानी गरेको थियो । कम्पनीको सिईओमा पोषण राज पौडेल रहेका छन् । यस आर्थिक वर्षमा कम्पनीले सिईओलाई तलब तथा भत्ता ८४ लाख ७६ हजार ६ सय रुपैयाँ, कर्मचारी बोनस ५ लाख ५९ हजार ७९१ रुपैयाँ, कार्यकारी प्रमुखको दुर्घटना बीमा २५ हजार ३९१ रुपैयाँ र सिईओ र निजको परिवारको स्वास्थ्य बीमा ६ हजार ७५० गरी कुल ९० लाख ६८ हजार ५३२ रुपैयाँ भुक्तानी गरेको छ ।



    econmanduu econmanduu    
  • २०८१ चैत्र १४, बिहीबार १७:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP