logo
  • २०८३ आश्विन २४ | Sat, 10 Oct 2026
  • Dark Mode

          Subscribe

    भोटेकोशी बाढीः १३४४ जनाको शव फेला, ४८९८ जना अझै बेपत्ता

    • econmanduu econmanduu
    • २०८३ भाद्र २०, शनिबार १०:४८
    भोटेकोशी बाढीः १३४४ जनाको शव फेला, ४८९८ जना अझै बेपत्ता

    रसुवा- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेका १३४४ को शव फेला परेकाे छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार ४८ ९८ जना अझै बेपत्ता रहेका छन्।

    प्रहरीका अनुसार फेला परेका १,३४४ शवहरू मध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेका छन्। अन्य ५०१ वटा शवका आंशिक अङ्गहरू फेला परेका छन्, जसको पहिचान हुन बाँकी छ।
    बेपत्ता हुने ४,८९८ जना मध्ये २,९३० जना नेपाली र ६१८ जना विदेशी नागरिक रहेका छन्। नेपाली बेपत्ताहरू मा २,४४८ पुरुष र ४८२ महिला रहेका छन्। १,३५० जनाको बेपत्ता भएको जानकारी फोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ।

    बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८,६३१ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरू मा ७,३८७ नेपाली र १,२४४ विदेशी नागरिक रहेका छन्। विस्थापित भएका ३,६५५ जनालाई हाल विभिन्न होल्डिङ सेन्टरहरू मा राखिएको छ।

    खोज तथा उद्धार कार्यका लागि ७,२१२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। उद्धारकै क्रममा ६५ जना प्रहरी कर्मचारीहरू बाढीबाट प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेका छन्।

    फेला परेका शवहरू मध्ये १,०३० वटाको जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। मृतकको पहिचानका लागि डिएनए (DNA) संकलन कार्य पनि तीव्र पारिएको छ। हालसम्म १,२६० मृतक र ९७२ मृतकका आफन्त गरी कुल २,२३२ जनाको डिएनए नमुना संकलन गरिएको छ। पहिचान हुन नसकेका १,२७० जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ।



    econmanduu econmanduu    
  • २०८३ भाद्र २०, शनिबार १०:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP