logo
  • २०८३ भाद्र २८ | Sun, 13 Sep 2026
  • Dark Mode

          Subscribe

    २०२७ को पहिलो त्रैमासिक सम्म ३जी पूर्ण रुपमा बन्द गर्ने लक्ष्य; एनसेल

    • econmanduu econmanduu
    • २०८३ श्रावण ३१, आईतवार १५:५०
    २०२७ को पहिलो त्रैमासिक सम्म ३जी पूर्ण रुपमा बन्द गर्ने लक्ष्य; एनसेल

    काठमाडौं । एनसेल नेटवर्क हेड लेना केशरी कंसाकारका अनुसार नयाँ प्रविधि अपनाउने र सेवाको गुणस्तर निरन्तर सुधार गर्ने योजना अनुसार कम्पनीले ३जी सेवा चरणबद्ध रूपमा बन्द गरिरहेको छ ।

    कम्पनीका अनुसार स्मार्टफोन तथा ४जी प्रयोगकर्ताको संख्या बढ्दै गए पनि अझै ठूलो संख्यामा ग्राहक ३जी मै निर्भर छन् । ४जी चल्ने सिम र मोबाइल प्रयोग गरिरहेका कतिपय ग्राहकले समेत मोबाइल सेटिङका कारण ३जी नेटवर्क प्रयोग गरिरहेको कम्पनीको भनाइ छ ।

     

    यसअघि एनसेलले गत माघ र असारमा पनि विभिन्न जिल्लाका स्थानीय तहमा चरणबद्ध रूपमा ३जी सेवा बन्द गरिसकेको थियो । कम्पनीले ३जी नेटवर्क बन्द गर्नु नयाँ पुस्ताको मोबाइल प्रविधिमा अपग्रेड हुने प्रक्रियाको हिस्सा भएको जनाएको छ ।



    econmanduu econmanduu    
  • २०८३ श्रावण ३१, आईतवार १५:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP