logo
  • २०८३ कार्तिक ३ | Mon, 19 Oct 2026
  • Dark Mode

          Subscribe

    महाधिबेशनको ठाउँ सुरक्षाको लागि २०० भन्दा बढी सोयाम्सेवक कार्यरत

    • econmanduu econmanduu
    • २०८३ आश्विन १८, आईतवार १५:३२
    महाधिबेशनको ठाउँ सुरक्षाको लागि २०० भन्दा बढी सोयाम्सेवक  कार्यरत

     काठमाडौं । महाधिबेशनको ठाउँ सुरक्षाको लागि २०० भन्दा बढी सोयाम्सेवक र सुरक्षाकर्मी  कार्यरत भएको  आयोजकले  जनाएको छ ।

    आयोजकका अनुसार महाधिवेशनको स्वयंसेवक परिचालनको जिम्मेवारी केन्द्रीय सदस्य गणेश लामालाई दिइएको छ । लामासहित सैनिक विभागका अध्यक्षसहित ३ जनाले सम्हालेका छन् ।

    सुरक्षाका लागि लोकतान्त्रिक पूर्वप्रहरी संघका ५०, पूर्वसैनिक ५० जना तथा तरुण दललगायतका स्वयंसेवक परिचालन गरिएको छ ।

    यसैगरी, महाधिवेशन स्थलको सुरक्षाका लागि करिब ५० जना निजी सुरक्षा गार्डसमेत हायर गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार महाधिवेशनका विभिन्न गतिविधिलाई लक्षित गरी सुरक्षा व्यवस्थालाई घेरागत रूपमा व्यवस्थापन गरिएको छ ।

    महाधिवेशन स्थलको बाहिरी गेट, भित्री क्षेत्र तथा भीआईपी क्षेत्रका लागि छुट्टाछुट्टै सुरक्षा व्यवस्था गरिएको छ । बन्दसत्र हुने हल, भोजनस्थल तथा महाधिवेशनका अन्य कार्यक्रम सञ्चालन हुने स्थानमा समेत आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको आयोजकको भनाइ छ । सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समेत समन्वय भइरहेको आयोजकले जनाएको छ । हालसम्म महाधिवेशन स्थलको शान्ति–सुरक्षा अवस्था सहज रहेको आयोजकको दाबी छ ।

     



    econmanduu econmanduu    
  • २०८३ आश्विन १८, आईतवार १५:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP