logo
  • २०८३ कार्तिक ३ | Mon, 19 Oct 2026
  • Dark Mode

          Subscribe

    पूर्वसांसद बस्नेतको निधन

    • econmanduu econmanduu
    • २०८३ आश्विन १५, बिहीबार १५:४९
    पूर्वसांसद बस्नेतको निधन

    काठमाडौं – नेकपा एमालेका तर्फबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित घनेन्द्र बस्नेतको निधन भएको छ । क्यान्सरका कारण उनको निधन भएको हो ।

    बस्नेत २०४८ सालमा एमालेका तर्फबाट संखुवासभा क्षेत्र नं. २ बाट उम्मेदवार भई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०५६ सालमा भोजपुर क्षेत्र नं. १ बाट एमालेकै उम्मेदवार भई पुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

    झापा आन्दोलनका क्रममा राजबन्दीका रूपमा उनले १७ वर्षसम्म गोलघरसहित कारागारमा कठोर कैदी जीवन बिताएका थिए ।

    भोजपुरको कुलुङ काम्लेटार निवासी बस्नेतले राजनीतिक तथा सामाजिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेका थिए । उनको निधनप्रति विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रबाट दुःख व्यक्त गर्दै उनको सङ्घर्ष, त्याग र योगदानको स्मरण गरिएको छ।

    उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।



    econmanduu econmanduu    
  • २०८३ आश्विन १५, बिहीबार १५:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP