logo
  • २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    अनलाइन व्यापार अब अनिबार्य सूचिकृत हुनपर्ने

    • econmanduu econmanduu
    • २०८३ भाद्र २, मंगलवार ११:४६
    अनलाइन व्यापार अब अनिबार्य सूचिकृत हुनपर्ने

    काठमाडौं । उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि सरकारले अनलाइन व्यापारलाई व्यवस्थित र कडाइका साथ नियमन गर्न थालेको छ ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, एप, सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य सूचीकृत हुन निर्देशन दिएको छ।

    विद्युतीय व्यापार ऐन, २०८१ र निर्देशिका, २०८२ अनुसार कानुनी प्रक्रिया पूरा नगरी अनलाइन व्यापार सञ्चालन गरे कारबाही हुने विभागले चेतावनी दिएको छ ।

    उपभोक्ता ठगी तथा अनलाइन कारोबार सम्बन्धी गुनासो बढ्दै गएपछि सरकारले डिजिटल व्यापारलाई थप पारदर्शी र व्यवस्थित बनाउन कडाइ थालेको हो ।

     



    econmanduu econmanduu    
  • २०८३ भाद्र २, मंगलवार ११:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP