logo
  • २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    केन्द्रीय कमिटी बैठक छाडी मुस्ताङ लागे प्रधानमन्त्री बालेन

    • econmanduu econmanduu
    • २०८३ भाद्र ५, शुक्रबार १४:३०
    केन्द्रीय कमिटी बैठक छाडी मुस्ताङ लागे प्रधानमन्त्री बालेन

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन लागेको छ।

    बैठकमा आज पनि प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता वालेन्द्र शाह उपस्थित नहुने भएका छन्। शाह मुस्ताङ तर्फको भ्रमणमा निस्केको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह भने बैठकमा उपस्थित छन् ।प्रधानमन्त्री बालेन सडक मार्गबाटै जान लागेकाे जनाइएको छ ।

    कार्य व्यस्तताका कारण उनी मुस्ताङको भ्रमणमा गएको सचिवालयले दाबी गरे पनि बालेनले केन्द्रीय कमिटी बैठक छलेको देखिन्छ । बालेन समूहका नेताहरू केन्द्रीय कमिटी बैठकमा उपस्थित भइरहेका छन् । पार्टी सभापति रवि लामिछाने पनि पार्टी कार्यालयमा आइसकेका छन्।

    केही दिन अगाडि बसेको पार्टी संसदीय दलको अनौपचारिक बैठकमा पनि शाह उपस्थित किन भएनन् भन्ने विषय उठेको थियो । त्यसपछि सभापति रविले अर्को संसदीय दलको बैठकमा प्रधानमन्त्री उपस्थित हुने जानकारी गराएका थिए । तर बालेन केन्द्रीय कमिटीको बैठकमा भने आज उपस्थित छैनन्।

    असार ७ देखि १२ गतेसम्म चितवनमा भएको महाधिवेशन पछि तेस्रो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। आजको बैठकमा पार्टी सभापति लामिछानेले केही केन्द्रीय सदस्य र पदाधिकारी मनोनित गर्न सक्ने देखिन्छ तर यसको यकिन जानकारी गराइएको छैन ।

    राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा सभापति लामिछानेले ५१ केन्द्रीय कमिटी ११ जना पदाधिकारी र १८ भन्दा बढी सचिवालय सदस्य नियुक्त गर्न पाउने प्रावधान छ। यस अगाडि लामिछानेले वरिष्ठ नेतामा वालेन्द्रलाई मात्रै मनोनित गरेका थिए।

     



    econmanduu econmanduu    
  • २०८३ भाद्र ५, शुक्रबार १४:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP