
सिनामंगल,काठमाडौँ। कोटेश्वोर काठमाण्डूमा कार्यालय रहेको मार्शल बचत तथा ऋण सहकारी संस्था ( मार्शल साकोस )को १८ औ वार्षिक साधारणसभा होटल रोयल एयरपोर्ट,सिनामङ्गल ,काठमाण्डौमा भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका अध्यक्ष ध्रुब कुमार श्रेष्ठको सभापतित्वमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथिमा सहकारी संघका उपाध्यक्ष डीबी बस्नेत तथा अतिथिहरुमा इकोन मिडिया ग्रुपका अध्यक्ष ,जनता टेलिभिजन का नि सीइओ युवा अर्थशास्त्री रमेश आचार्य ,सहप्राध्यापक भवानीशंकर अधिकारी लगायतको उपस्थिति थियो। कार्यक्रम संचालन उपाध्यक्ष ललितकुमार श्रेष्ठले गर्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथिले सेयर सदस्य बढाउने ,निक्षेप बढाउने तथा ऋण लगानी गर्दा कुल पुजीको २०% मात्र गर्ने लगायतको सुझाव दिनु भयो भने अध्यक्ष ध्रुब कुमार श्रेष्ठले सम्पूर्ण नीति तथा योजनाहरु सदस्यमुखी भएको र निकट भविश्यमा अझ यसको दायरा बढाउने जानकारी दिनु भयो।
प्रतिक्रिया