logo
  • २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    • econmanduu econmanduu
    • २०८३ भाद्र ३, बुधबार १६:०६
    ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं – नेपाली बजारमा केही दिनयता उकालो लागेको सुनको मूल्य बुधबार ओरालो लागेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार छापावाल सुनको मूल्य तोलामा ५ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    योसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा झरेको हो । मंगलबार स्थिर रहँदै सुनको मूल्य ३ लाख ६ हजार ८०० रुपैयाँमा थियो ।

    सोमबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ हजार ८०० रुपैयाँ पुगेको थियो । सोमबारकै मूल्यमै मंगलबार कारोबार भएको थियो ।

    आइतबार ३ हजार ६०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो ।

    यस्तै, बुधबार चाँदीको मूल्य तोला १६० रुपैयाँले घटेर ४ हजार ५९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य तोला १५ रुपैयाँले घटेर ४ हजार ७५५ रुपैयाँ पुगेको थियो ।

    सोमबार चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर ४ हजार ७७० रुपैयाँ पुगेको थियो । आइतबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर ४ हजार ७१० रुपैयाँ थियो ।

     



    econmanduu econmanduu    
  • २०८३ भाद्र ३, बुधबार १६:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP