logo
  • २०८३ भाद्र १० | Wed, 26 Aug 2026
  • Dark Mode

          Subscribe

    तीर्थयात्री बोकेर गोरखाबाट गोसाइकुण्ड हिँडेको बस सम्पर्कविहीन,३४ यात्रु बेपत्ता

    • econmanduu econmanduu
    • २०८३ भाद्र १०, बुधबार १३:४२
    तीर्थयात्री बोकेर गोरखाबाट गोसाइकुण्ड हिँडेको बस सम्पर्कविहीन,३४ यात्रु बेपत्ता

    गोरखा । गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ। बुधबार बिहान पालुङटार नगरपालिका ४ र ५ का तीर्थयात्री बोकेर गोसाइकुण्ड गएको ग २ ख ११५२ नम्बरको बस सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

    डीएसपी राजकुमार श्रेष्ठका अनुसार बसमा ३८ जना यात्रु सवार थिए। उनीहरुमध्ये ३४ जना सम्पर्कविहीन रहेको उनले बताए । ‘चार जना बसबाट हाम फालेका रहेछन्, सम्पर्कमा आए,’ उनले भने, ‘बाँकी सम्पर्कमा छैनन्।’

    बससँगै गएको दुई वटा माइक्रो भने सम्पर्कमा रहेको डिएसपी श्रेष्ठले जानकारी दिए । माइक्रोमा २६ जना यात्रु सवार थिए।

     

     



    econmanduu econmanduu    
  • २०८३ भाद्र १०, बुधबार १३:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP