logo
  • २०८२ चैत्र १ | Sun, 15 Mar 2026
  • Dark Mode

          Subscribe

    राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका श्रेष्ठ गभर्नर बन्ने सम्भावना कति ?

    • econmanduu econmanduu
    • २०८१ चैत्र १४, बिहीबार १७:१९
    राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका श्रेष्ठ गभर्नर बन्ने सम्भावना कति ?

    काठमाडौ । डा. प्रकाश कुमार श्रेष्ठले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छन् । उनलाई वर्तमान सरकारले राष्ट्रिय योजना आयोगमा नियुक्ति गरेपछि उनी काजमा आयोग आएका थिए । तर उक्त पद भन्दा श्रेष्ठलाई अहिले गभर्नर पदको मोह देखिएको छ । यसैको लागि उनले राजीनामा दिएको भनिएको छ ।

    रिक्त रहेको अधिकांश नियामकीय प्रमुखमा एमालेले आफ्ना मान्छे भर्ती गरिसकेको अवस्थामा अब गभर्नरको पद कांग्रेसले लिने सम्भावना बढेर गएको छ । श्रेष्ठ एमाले भएकाले यदि उक्त पद कांग्रेसले राखे उनी गभर्नर हुन पाउने छैनन् । यद्यपि गभर्नर कसको पोल्टामा पर्छ भन्ने विषयले उनी गभर्नर हुने /नहुने निर्धारण गर्छ ।

    अहिले कांग्रेस कोटाबाट केही गभर्नरका प्रतिस्पर्धि देखिएका छन् । जसमा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य एवं लगानी बोर्ड नेपालका निवर्तमान सिइओ सुशील भट्ट, नबिल बैंकका निवर्तमान सिइओ ज्ञानेन्द्र ढुंगाना रहेका छन् । यस्तै गुणाकर भट्ट पनि गभर्नरको चर्चामा आएपनि उनले गभर्नर छनौट समिति गठन भइसक्दा समेत राजीनामा निदिनुले ब्याक भएको आशंका गरिएको छ । यस्तै राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रवीन्द्र पाण्डेको पनि सम्भावना देखिएको छ ।



    econmanduu econmanduu    
  • २०८१ चैत्र १४, बिहीबार १७:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP