logo
  • २०८३ आश्विन १ | Thu, 17 Sep 2026
  • Dark Mode

          Subscribe

    मन्त्रीपरिषद् निर्णय: सेयर कारोबारबाट हुने नाफामा लाग्दै आएको पूँजीगत लाभकर घट्यो

    • econmanduu econmanduu
    • २०८३ भाद्र ३१, बुधबार १६:१६
    मन्त्रीपरिषद् निर्णय: सेयर कारोबारबाट हुने नाफामा लाग्दै आएको पूँजीगत लाभकर घट्यो

    काठमाडौं । सरकारले सेयर कारोबार बाट हुने नाफामा लाग्दै आएको पूँजीगत लाभकर घटाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अघि सारेको प्रस्ताव पारित गरेसँगै अल्पकालीन लगानीकर्ताका लागि लाभकर ७.५ प्रतिशतबाट घटेर ३.७५ प्रतिशत कायम भएको छ।

    यस्तै, दीर्घकालीन लगानीकर्ताका लागि पूँजीगत लाभकर ५ प्रतिशत नै कायम गरिएको छ। अर्थमन्त्रीका प्रेस सल्लाहकार नवीन ढुंगानाका अनुसार नयाँ कर दरसम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएपछि औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ। अर्थमन्त्री वाग्लेले सार्वजनिक गरेको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना–२०८३’ मा पूँजीगत लाभकर घटाउने विषय समेटिएको थियो। सरकारले कर कटौतीबाट कारोबार लागत घट्ने, बजार सक्रियता बढ्ने र लगानीकर्ताको मनोबलमा सुधार आउने अपेक्षा गरेको छ।

     



    econmanduu econmanduu    
  • २०८३ भाद्र ३१, बुधबार १६:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP