logo
  • २०८३ भाद्र २७ | Sat, 12 Sep 2026
  • Dark Mode

          Subscribe

    गोरखामा बाढीले ३ घर बगायो

    • econmanduu econmanduu
    • २०८३ भाद्र २१, आईतवार १६:०६
    गोरखामा बाढीले ३ घर बगायो

    काठमाडौं — उत्तरी गोरखाको चुमनुब्रीमा बाढीले ३ वटा घर बगाएको छ ।

    उक्त गाउँपालिका वडा नं. ४ भएर बग्ने मान्द्रुङ खोलामा आएको बाढीले राती ३ बजे ३ वटा घर बगाएको हाे ।

    बाढीले चुमनुब्री गाउँपालिका-४ नाम्रुङ का नगु छिरिङ, उर्गीन लामा र लाक्पाभुटी लामाको घर बगाएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।

    भारी वर्षापछि मान्द्रुङ खोलामा बाढी आउँदा एउटा फलामको पुलमा समेत क्षति पुगेको गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

    बाढीबाट मानवीय क्षति भने नभएको र अहिले वर्षा रोकिएका कारण खोला घट्ने क्रममा रहेको डीएसपी श्रेष्ठले बताए ।

    प्रशासनले उक्त नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्कता अपनाउन अनुरोध समेत गरेको छ।

     



    econmanduu econmanduu    
  • २०८३ भाद्र २१, आईतवार १६:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP