logo
  • २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    चितवन वन कार्यालयद्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार

    • econmanduu econmanduu
    • २०८३ भाद्र ३, बुधबार १६:१८
    चितवन वन कार्यालयद्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार

    चितवन – डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा ६९ वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेको छ । डिभिजन वन कार्यालय क्षेत्रभित्र रहेका विभिन्न स्थानबाट ती वन्यजन्तुको उद्धार गरेर व्यवस्थापन गरिएको हो ।

    कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार वन क्षेत्रमा सबैभन्दा धेरै अजिङ्गरको उद्धार गरिएको छ । बस्ती पसेर स्थानीयलाई दुःख दिने गरेका ४५ अजिङ्गरको उद्धार गरेर व्यवस्थापन गरिएको हो । यस्तै ४ वटा चित्तल, रतुवा ३, धामन सर्प ३, गोही २, मयुर २, लाटोकोसेरो २ वटाको उद्धार गरिएको छ । बाँदर, नियाले बाघ, जरायो, मलसाप्रो, चितुवा, गोहोर, कछुवा, हुच्चिल १–१ वटाको उद्धार गरी व्यवस्थापन गरिएको हो ।

    समुदायमा पसेर समस्या बनाएका एवं समस्याग्रस्त ती जनावारको उद्धार गरी व्यवस्थापन गरिएको हो । यससँगै गत आर्थिक वर्षमा ४२ मृत वन्यजन्तुको व्यवस्थापन गरिएको उनले जानकारी दिए । उनका अनुसार ३० चित्तल,९ वटा रतुवा, २ वटा बदेल, १ स्याल मृत भेटिएर तीनको व्यवस्थापन गरिएको हो ।

    यससँगै कार्यालयले गत आर्थिक वर्षमा २६७ साइकलको लिलामी गरेको छ । अवैधरूपमा काठ तस्करीमा प्रयोग गरिएका ती साइकलको लिलामीबाट रु २ लाख ५२ हजार राजस्व सङ्कलन गरिएको थियो । यस आर्थिक वर्षमा ८१ थान मोटरसाइकल लिलामी गर्ने तयारी गरेको छ । कसुरजन्य मुद्दामा नियन्त्रणमा लिइएका र बेवारिसे अवस्थामा भेटिएका गरी ती मोटरसाइकल लिलामी गर्न लागिएको हो ।

    कार्यालय प्रमुख आचार्यका अनुसार विगत लामो समयदेखि कार्यालय परिसरमा रहेका ती मोटरसाइकल लिलामी गर्न लागिएको हो । मोटरसाइकल सँगै २५ बस, ट्रक, भ्यान, अटो, ट्याक्टर र ५९ साइकलको लिलामी प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए ।



    econmanduu econmanduu    
  • २०८३ भाद्र ३, बुधबार १६:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP