logo
  • २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    सभामुख अर्याल र आईजीपी कार्की बीच भेटवार्ता हुँदै

    • econmanduu econmanduu
    • २०८३ श्रावण २९, शुक्रबार १७:०७
    सभामुख अर्याल र आईजीपी कार्की बीच भेटवार्ता हुँदै

    काठमाडौं – सभामुख डोलप्रसाद अर्याल र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीबीच भेटवार्ता तय भएको छ ।

    उनीहरूबीच शुक्रबार दिउँसो ३ बजे भेटवार्ता हुन लागेको हो । भेटवार्तामा उनीहरूबीच संसदीय मर्यादा र पछिल्लो पटक समिति बैठकमा भएको घटनाबारे छलफल हुन लागेको हो ।

    गत बुधबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बुधबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोशाक तथा अन्य सामग्री खरिदमा अनियमितता भएको भनेर परेको उजुरीउपर छलफल थियो ।

    छलफलमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, नेपाली प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेल उपस्थित थिए । गृहमन्त्री सुधन गुरुङ आमन्त्रित थिए, तर गएनन् ।

    सो छलफलमा रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरीको कपडा खरिदमा, जुत्ताहरूको खरिदमा समिति (छानबिन समिति) बन्नुपर्ने’ बताएका थिए । उनले आइजीपी लगायतका अधिकारीलाई आरोप लगाएका थपिए । त्यसको आइजीपीले पनि प्रतिवाद गरेका थिए ।

    यो विषयमा प्रश्न उठेपछि सभामुखले चासो दिएर बिहीबार लेखा समितिका सभापति र सचिवसँग पनि छलफल गरेका थिए ।



    econmanduu econmanduu    
  • २०८३ श्रावण २९, शुक्रबार १७:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP