logo
  • २०८२ चैत्र १ | Sun, 15 Mar 2026
  • Dark Mode

          Subscribe

    ग्वार्को फ्लाईओभर निर्माण अन्तिम चरणमा, २/३ दिन भित्र सकेर यातायात संचालन गर्ने तयारी

    • econmanduu econmanduu
    • २०८२ जेष्ठ ३२, शनिबार १४:४३
    ग्वार्को फ्लाईओभर निर्माण अन्तिम चरणमा, २/३ दिन भित्र सकेर यातायात संचालन गर्ने तयारी

    काठमाडौ । ललितपुरको ग्वार्को स्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ ।
    फ्लाई ओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरेको छ ।

    निरीक्षणका क्रममा मन्त्री दाहालले सो फ्लाई ओभर निर्माणको कार्य नौलो अभ्यास भएकाले केही ढिला भएको बताए । यसैगरि अन्य निर्माणाधिन योजना तथा आयोजनाहरु पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको बताए । निरीक्षणका क्रममा सडक विभागका महानिर्देशक डा.विजय जैशीले मुख्य संरचनाहरुको निर्माण पूरा भएको र अब केहिदिन भित्रमा नै सार्वजनिक यातायात सञ्चालन गरिने बताए ।

    यस्तै सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बाराहीले अब फ्लाईओभरको मध्य भागमा डिभाइडर राख्ने तथा केही सामान्य कामहरु बाँकी रहेको र २–३ दिन भित्रै बाँकी कामहरु पूरा भएपछि यातायात सञ्चालनका लागि खुल्ला गरिने उनले जनाए ।

    पूर्वनिर्धारित समयमा निर्माण कार्य पूरा हुन नसकेपछि मन्त्री दाहालले पटक पटक निरीक्षण र अनुगमनपछि चाँडै काम सक्न निर्देशन दिएका थिए । सो फ्लाई ओभर सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालन सहज हुने अपेक्षा गरिएको छ ।



    econmanduu econmanduu    
  • २०८२ जेष्ठ ३२, शनिबार १४:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP