logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • Dark Mode

          Subscribe

    उर्जा मन्त्रालयले कुलमान हटाएको भनी लेखिएको गोप्यपत्र सार्वजनिक, के लेखिएको थियो ?

    • econmanduu econmanduu
    • २०८१ चैत्र १३, बुधबार ०८:३९
    उर्जा मन्त्रालयले कुलमान हटाएको भनी लेखिएको गोप्यपत्र सार्वजनिक, के लेखिएको थियो ?

    काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिण्लाई पदबाट हटाएको पत्र सार्वजनिक भएको छ । मन्त्रालयले जरुरी गोप्य भनेर लेखेको पत्र अहिले सामाजिक सञ्जालभरी छताछुल्ल छ ।

    सरकारले सफाइ पेश गर्ने मौका दिएपनि सन्तोषजनक जवाफ नदिएको भन्दै घिसिङलाई हटाएको भनिएको छ । सोमबारको मन्त्रिपरिषदको बैठकले कुलमालाई हटाएर उनको ठाउँमा हितेन्द्र देव शाकयलाई नियुक्त गरिसकेको छ । अहिले कुलमानको पक्षमा विभिन्न तह तप्काले आन्दोलन गरिरहेका छन् । यसै विषयलाई लिएर सरकारको राजीनामाको समेत माग भएको छ ।

    यस्तो छ गोप्य पत्र
    तपाईले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका हैसियतले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौता र पदीय जिम्मेवारी अनुरुपका कार्यहरु नगरेको सन्दर्भ उल्लेख गरी नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१ ÷ ११ ÷ २१ को निर्णयबमोजिम सफाइ पेश गर्ने मौका दिइएकोमा तपाईले पेश गरेको सफाइ सन्तोषजनक नदेखिएको र आफ्नो पदको जिम्मेवारी पूरा गर्न नसकेको हुँदा देहायमा उल्लिखित आधार र कारणबाट तपाईलाई नेपाल विद्युत प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवाको शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ (संशोधनसहित
    ( को विनियम २२ को खण्ड (क) बमोजिम नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने भनी नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१÷१२÷११ को बैठकबाट निर्णय भएको व्यहोरा जानकारी गराउँदछु ।



    econmanduu econmanduu    
  • २०८१ चैत्र १३, बुधबार ०८:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP