logo
  • २०८३ भाद्र ३० | Tue, 15 Sep 2026
  • Dark Mode

          Subscribe

    बुढानिलण्ठको गरुड क्यासिनोमा प्रहरीको छापा,११ नेपाली पक्राउ

    • econmanduu econmanduu
    • २०८३ भाद्र ३०, मंगलवार ११:१०
    बुढानिलण्ठको गरुड क्यासिनोमा प्रहरीको छापा,११ नेपाली पक्राउ

    काठमाडौं — राजधानीको बुढानीलकण्ठ स्थित एक क्यासिनोबाट ११ जना पक्राउ परेका छन् । बूढानीलकण्ठ स्थित गरुड क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले जुवा खेल्न प्रयोग हुने विभिन्न सामाग्रीसहित ११ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा रामेछाप गोकुलगंगाका बिकी लामा, सोलुखुम्बु माकालुङका नुवाङ शेर्पा, सोलुखुम्बु दुधकुण्डका पासाङ शेर्पा, सिन्धुली गोलन्जरका ज्योति मगर, दोलखा बैतेश्वरका नारायण खत्री, गोकर्णेश्वरका दिल लामा, रोशी काभ्रेका अशोक लामा, नुवाकोट दुप्चेश्वरका सञ्जय तामाङ, उमाकुण्ड रामेछापका आशिष खड्का, ललितपुरका सबिनमान श्रेष्ठ र धनकुटा जोरपाटीका सुदीप अधिकारी रहेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बूढानीलकण्ठको संयुक्त टोलीले उक्त क्यासिनोमा छापा मार्दा जुवा खेल्न प्रयोग गरिने विभिन्न दरका क्वाइन, ९ थान मोबाइल र १०, ८५, ६०० रूपैयाँ नगद बरामद गरिएको जनाइएको छ ।

    प्रहरीले बरामद गरेका क्वाइनहरू मा ५० हजार रूपैयाँ लेखिएका ८ थान, १० हजारका १९ थान, १ हजारका ८८ थान र १०० रूपैयाँ लेखिएका ५ थान रहेका छन् । पक्राउ परेका सबैलाई जुवासम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    पछिल्ला दिनमा क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने क्रम बढ्दै गइरहेको पुष्टी भएको छ । अघिल्लो साता वीरगञ्जको एक क्यासिनोबाट गाउँपालिका प्रमुख र प्रहरी इन्स्पेक्टर समातिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले उपत्यकाका क्यासिनोहरुमा निगरानी बढाएको छ ।

    नेपालको कानुन अनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेश र जुवा खेल्न पूर्ण रूपमा निषेध गरिएको छ ।

    क्र.सं. क्वाइनमा लेखिएको रकम क्वाइनको संख्या कुल रकम
    रु. ५०,००० ८ थान रु. ४,००,०००
    रु. १०,००० १९ थान रु. १,९०,०००
    रु. १,००० ८८ थान रु. ८८,०००
    रु. १०० ५ थान रु. ५००
    जम्मा १२० थान रु. ६,७८,५००



    econmanduu econmanduu    
  • २०८३ भाद्र ३०, मंगलवार ११:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP