logo
  • २०८३ भाद्र २६ | Fri, 11 Sep 2026
  • Dark Mode

          Subscribe

    एसिसी प्रिमियर कपः नेपालले पायो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

    • econmanduu econmanduu
    • २०८३ भाद्र २३, मंगलवार १५:४८
    एसिसी प्रिमियर कपः नेपालले पायो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

    काठमाडौं – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई २६२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

    लगातार ३ खेलमा विजयी भएर समेमिफाइनल प्रवेश गरिसकेको नेपालका लागि कप्तान सन्दीप लामिछाने र शेर मल्लले राम्रो बलिङ गरे पनि हङकङले नेपालविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको हो ।

    टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले बाबर हायातको शतकको मद्दतमा पुरै ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २६१ रन जोडेको हो। हायातले ७ चौका र ७ छक्काको मद्दतमा अविजित ११७ रन जोडेका थिए। सरूवात एकदम खराब गरेको हंगकंगको इनिङ बाबर हायात र इशान खानले सम्हालेका थिए।

    बाबरले ८ औं विकेटका लागि खानसंग ११५ बलमा १२८ रनको साभेदारी गरेका थिए। खानले पनि अविजित रहने क्रममा ५ चौकाको मद्दतमा ४५ बलमा ३५ रन जोडे। यस्तै,  साहिद वासिफले पनि ४५ रनको योगदान गरे।

    यता, बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ तथा शेर मल्लले ३ विकेट हात पारेका थिए। नेपाल अबको केहीबेरमा जबाफी ब्याटिङ लिएर मैदानमा उत्रिँनेछ।



    econmanduu econmanduu    
  • २०८३ भाद्र २३, मंगलवार १५:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP